ग्रामीण दूरसञ्चार विकास कोष सम्बन्धमा भायानेट कम्यूनिकेसन्स् प्रा.लि.को सूचना

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरि ब्रोडव्याण्ड नेटवर्क निमार्ण गरि सेवा प्रदान गरिएको सम्बन्धमा भायानेट कम्यूनिकेसन्स् प्रा.लि.को सूचना
नेपाल दूरसञ्चार प्राधिकरणद्धारा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरि बैतडी, दार्चुला, डडेल्धुरा र डोटी जिल्लाहरुका तोकिए बमोजिमको नगरपालिका, गाँउपालिका तथा सो मातहतका वडा कार्यालयहरु, सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य चौकी÷केन्द«हरुमा नेटवर्क निमार्ण गरि २ वर्ष निःशुल्क रुपमा ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता अनुरुप परियोजना सञ्चालनमा रहेको व्यहोरा अनुरोध छ । उक्त स्थानहरुमा जडान भएका इन्टरनेट सेवाको सम्बन्धमा कुनै गुनासो भए यस यस कम्पनिको टेलिफोन ०१५९७०४४४÷१६६००१८८४४४ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ । साथै उक्त जिल्लाहरुमा कुनै नगरपालिका, गाँउपालिका तथा सो मातहतका वडा कार्यालयहरु, सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य चौकी÷केन्द«हरुमा इन्टरनेट सेवा जडान गर्न छुट भएको भए नेपाल दूरसञ्चार प्राधिकरण, कमलादी, काठमाडौँ वा देहाय बमोजिमको ठेगानामा जानकारी गराउनहुन समेत अनुरोध छ । साथै उक्त जिल्लाहरुमा सर्वसाधरणले इन्टरनेट सेवा जडान गर्नु परेमा तल दिइएको ठेगानामा सम्पर्क गरि नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गराउन सकिने व्यहोरा समेत सर्वसाधरण सबैमा सूचित गरिन्छ ।
भायानेट कम्यूनिकेसन्स् प्रा.लि.
जावलाखेल, ललितपुर ।
सम्पर्क नम्बरः ०१५९७०४४४÷१६६००१८८४४४