डाटा उल्लंघन/चोरीको घटना बारे आधिकारिक वक्तव्य

आदरणीय ग्राहकवर्ग,
भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको पत्ता लगाएको कुरा जानकारी गराउँछ, जसमा केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको छ ।
हामीले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेका छौं । हाम्रो प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ ।
हामी अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा छौं र हामीले सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेका छौं । यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र हामी यो चाँडै नै समाधान होस् भनी आशा राख्दछौं ।
यो अप्ठ्यारो घडिमा, हामीलाई तपाईंको साथ चाहिएको छ र हामी हाम्रो आदरणीय ग्राहकहरुलाई निम्न लिखित सावधानीहरु तुरुन्तै अपनाउनको लागि अनुरोध गर्दछौं ।
- कृपया कुनै पनि नचिनेको नम्बरबाट आएको कल र क्ःक् को जवाफ नदिनुहोस् र गैर–प्रमाणित एवं शंकास्पत इमेल नखोल्नुहोस् । कृपया आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिनुहोस् ।
- यदि तपाईंलाई भायानेटबाट कल आयो भने, कृपया आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्नुहोस्:
- ९८०१०४६४१०
- ०१–५९७०४४४ वा
- ०१४२१७५५५
हामी हाम्रा ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न अनुरोध गर्दछौं ताकि तपाईंहरुले आफूलाई आएको कल वास्तवमै भायानेटबाट आए– नआएको सजिलै चिन्नुहोस् ।
- यदि तपाईंले भायानेटबाट कुनै पनि इमेलहरु प्राप्त गर्नु भयो भने कृपया उक्त इमेल “@vianet.com.np” डोमेनबाट आए–नआएको सुनिश्चित गर्नुहोस् ।
- यदि तपाईंलाई कुनै पनि समस्या परेमा हामीलाई निम्न माध्यमबाट सम्पर्क गर्नुहोस्ः
- कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०
- फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
- ईमेलः customercare@vianet.com.np
यो आपराधिक क्रीयाकलापको कारण ग्राहकहरुलाई परेको चिन्ता र असुविधाको लागि हामीले भित्रैदेखि व्यक्त गरेको क्षमालाई कृपया स्वीकार गर्नुहोस् । हामी यस अवस्थाको गम्भीरतालाई राम्ररी बुभ्mछौं र यसको जडसम्म पुग्न र सबै कुरा ठीक गर्नको लागि निरन्तर लागिपरेका छौं । यस सम्बन्धी कुनै पनि महत्वपूर्ण सुधार भएमा वा जानकारी प्राप्त भएमा हामी अपडेट गर्नेछौं ।
विनय बोहरा
रबन्ध निर्देशक
भायानेट कम्यूनिकेशन प्रा. लि.